आजको मौसम: केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना
काठमाडाैं | पुस ९, २०७९
काठमाडौं: पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ। पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ।
शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले बताइन्। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

